चितवनः जिल्लामा नयाँ प्रजातीको चरा भेटिएको छ । तस्बिर लिने क्रममा नयाँ प्रजातीको चरा भेटिए पछि बिज्ञहरुले अध्ययन गरेर नयाँ प्रजातीको चरा भेटिएको प्रमाणीत गराएका हुन ।

नेपाल पंक्षी बिद संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका वडा नम्बर ११ पिडहनी क्षेत्रमा धान बारीमा चरा भेटिएको हो । ६ दिन अघि वर्ड एजुकेसन सोसाइटी सौराहाका सदस्य राजु तामाङ्गले सो चराको तस्बिर लिनुभएको थियो । नयाँ चरा भेटिए पछि चरा बिज्ञ डा. हेमसागर वराल सहितको बिज्ञ समुह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो ।

बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । बिज्ञहरुले यो चाइनिज पोण्ड हेरोन (ऋजष्लभकभ एयलम ज्भचयल ) भएको पुष्टि गरेका हुन । यस संगै नेपालमा चराको प्रजाती ८ सय ९१ पुगेको छ । चितवनको संख्या ६ सय ५० पुगेको हो । बिडारीका अनुसार यो चरा चीन, भारत, हंङ्कङ् लगाएतका देशमा पाइन्छ । फिरन्ते चराको रुपमा यो यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ । यो लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !