चितवनः घैलाघारी सामुदायीक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २३ घौलाघारी बस्ने ५५ बर्षिया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार सामुदायीक वनमा आज दिउँसो निउरो टिप्न गएका ४ जना मध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परि मृत्यु भएकी महिलाको शब भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार घटना स्थल आसपासमानै शब भेटिएको हो । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यबर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस !