चितवनः भरतपुर महानगरपालिका श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित श्रृष्टि चोकबाट वडा नम्बर ६ बस्ने ४० वर्षिय दिपक पुनलाई पक्राउ गरेको हो ।
उनलाई आज बिहान ६ वजेको समयमा समयमा चेकजाँच गर्दा ना ४५ प २७१ नम्बरको मोटरसाईकलमा सवार पुनको साथबाट एक थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको घर खानतलासी गर्दा एक राउण्ड गोली समेत बरामत गरीएको छ ।
घटनामा संलङ्न दुई जना फरार रहेकाछन् । उनीहरुको खोजि कार्य जारी राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !