चितवनःचितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न र बस्तु चराउन गएका २२ जनाले जंगली जनावारको आक्रमणबाट ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पुजा गर्न जाँदा, पर्ब मनाएर घर फर्कदै गर्दा जंगली जनावारको आक्रमणमा परि बिभिन्न समयमा उनीहरुले ज्यान गुमाएका हुन ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढि बाघको आक्रमणबाट मानविय क्षती भएको छ । बाघको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । यस्तै गैंडाको आक्रमणबाट ६ जनाले, जंगली हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा परि १२ जनाले ज्यान गुमाएका थिए । जस मध्ये गैंडाको आक्रमणमा ४ जना, बाघको आक्रमणमा ४ जना, जंगली हात्तीको आक्रमणमा २ जना, गौरी गाईको आक्रमणमा १ जना र बंदेलको आक्रमणमा परि १ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
उनीहरुलाई घाँस काट्न गाएको समयमा, पसुचौपाय चराउन गएको समयमा जंगली जनावरले आक्रमण गरेको थियो । चालु आर्थिक वर्षमा जंगली जनावारको आक्रमणमा परि ज्यान गुमाउनेको संख्या वढेको उहाँले बताउनुभयो । जंगली जनावर आहाराको खोजिमा हिड्ने क्रममा आक्रमण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !