चितवनः नेपाली कांग्रेस चितवनले जिल्ला समन्वय समिति संयोजकमा पूर्ण बहादुर रानाभाटको नाम सिफारिस गरेको छ ।
कांग्रेस चितवनले आज रानाभाटको नाम बागमती प्रदेश समितिमा पठाएको हो । प्रदेश समितिले केही दिनमा रानाभाटको नाम प्रमाणित गरेर जिल्लालाई पठाउने कांग्रेस चितवनका उप-सभापति राजिव न्यौपानेले जानकारी दिनुभयाे ।
गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ भरतपुर ८ को वडा सदस्यमा निर्वाचित भएका थिए । गौरीगञ्ज निवासी उहाँले दुई हजार १२८ मत प्राप्त गरेका थिए ।
कांग्रेस चितवनका पुराना नेता रानाभाट २०४९ सालको स्थानीय तह निर्वाचनमा साबिक भरतपुर नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।






