चितवन:नेपाली काङ्ग्रेसका प्रबक्ता डा प्रकाश शरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताउनु भएकाे छ । नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयाेजना गरेकाे स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बाेल्दै उहाँले गठवन्धनकाे रणनैतिक निर्णयले मात्रै परिणाम ल्याउने बताउनु भयाे ।
उहाँले भन्नुभयाे “ओलि प्रवृत्तिको विरुद्धमा लाग्नुस् । भावनामा बग्ने काम नगर्नुस् ।” महतले नेता कार्यकर्ताहरुलाइ निर्देशन दिदै भन्नुभयाे ” ओलि प्रवृत्तिको अन्त्य नभए सम्म अराजकता बढीरहने हुँदा त्यो प्रवृत्तिका विरुद्ध लाग्न म सबै नेता कार्यकर्तालाई आग्रह गर्द्छु ।” नेता महतले अहिलेको पाचदलिय गठबन्धन आगामी आम निर्वाचन सम्म रहने बताउनु भयो ।
उहाँले पार्टीको अन्तर्घातको रोगकाे रुपमा रहेकाे उहाँकाे भनाई थियाे । अगामी मंसिरमा प्रदेश र संघको निर्वाचन हुने भन्दै उहाँले यसकाे तयारिका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दिनेश कोइरालाले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउनु भयो । उहाले काङ्ग्रेसले हार्यो भने देशले पनि हार्ने बताउनु भयो ।
नेपाली काङ्ग्रेस चितवन क्षेत्रनम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दुवाडीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश उध्याेग बाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ, महासमिति सदस्य बिजय भूषाल क्षेत्रिय सभापति किरणभूषाण ओली, भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी, माडी नगर उप प्रमुख खेम प्रसाद महत्ताे लगायतले बोल्नु भएको थियोे ।





