चितवनः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा कोइरालाले दुई वर्ष देखि कानुन बन्न नसकेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुरा गर्दै उहाँले संसद अबरुद्ध हुँदा कानुन बन्न नसकेको बताउनुभएको हो ।
कोईरालाले अहिले ५३ वटा बिधेयकहरु संसदमा दर्ता भएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो “बजेट अधिबेशन भए पनि यसलाई बिधेयक अधिबेशन जस्तै गराउने, सबै बिलहरु यही अधिबेशनमा छलफल गराउने र त्यहाँबाट पास गरेर नवनि वसीरहेका कानुनहरु यही अधिबेशनमा पास गर्ने योजना रहेको छ ।” पहिलो प्रथामिकता नागरिकता सम्बन्धि बिधेयक रहेको भन्दै उहाँले लामो समय देखि यो अबरुद्ध भएर बस्दा समस्या भएको बताउनु भयो । निजामति ऐन कस्तो बनाउने भन्ने बिषयमा बिधेयक बनिसकेको भन्दै संसदमा ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । संसदमा पेस भएका बिधेयकलाई पास गराउँदै जाने र अन्य बिधेयकलाई पनि छिटो ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले मुलुकमा अपराध घटना धेरै हुँदा त्यसलाई समयमानै सम्बोधन गर्ने दायीत्व सरकारको रहेको बताउनुभयो । उहाँले भन्नुभयो “त्यो अपराधलाई सम्बोधन गर्नका लागि हामीसंग भएका कानुनले जे जति सम्बोधन गरेको छ त्यो छदै छ ।”उहाँले थप्नुभयो “हदम्यादका कारणबाट केही घटनालाई हामीले सम्बोधन गर्न सक्या छैनौ । हदम्याद कसरी बनाउने, कस्तो बनाउने भनेर कानुन आयोगले भन्ने छ ।”यस बिषयलाई अनुसन्धान गरेर प्रतिवेदन दिन आँफुले भनिसकेको उहाँले जानकारी दिनुभयो । प्रतिवेदन अन्तिम तयारीमा रहेको भन्दै उहाँले प्रतिवेदन आई सके पछि सरोकारवालाहरु संग छलफल गरीने बताउनुभयो ।
राष्ट्रिय राजनीतिमा बिचारका कारणले बिभिन्न मतभेद हुने भन्दै मन्त्री कोइरालाले केही मुद्धाहरुमा भने दलहरुले बिभेद राख्नु पर्ने त्यस्तो कुनै आबश्यकता नहुने बताउनुभयो । यौन जन्य हिसां, नागरिकताको बिषय सबै दलको सरोकारको बिषय भएको भन्दै उहाँले यी बिषयमा दलको सहमती हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “दलहरु बिचमा सहमति हुन्छ र ती कानुनहरु पास गछौं ।”
संङ्क्रमणकालिन न्यायका लागि स्वतन्त्र ढङ्गले छानबिन हुने उहाँले बताउनुभयो । देशभर परार्श गोष्ठि गर्दै हिडेको भन्दै उहाँले भन्नुभयो “कस्तो कानुन बनाउने, कानुनमा के कस्ता कम्जोरी छन्, त्यसमा सुधार गरेर संक्रमणकालिन न्यायलाई टुङ्गोमा कसरी पु¥याउने भन्ने पक्षमा सरकार छ ।” संङ्क्रमणकालिन न्याय र परिपुरणका लागि रु १ अर्ब ४० करोड सरकारले बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । चितवनको बाँदरमुढे सहित देशभरी द्धन्द्धको समयमा भएका घटनाको संम्बोधन हुने मन्त्री कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !