चितवनः नेपाली काङ्ग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठवन्धन आगामी निर्बाचन सम्म जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय तहमा भएको गठवन्धन आउने निर्वाचन सम्म जाने बताउनुभएको हो ।
स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठवन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । काङ्ग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठवन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने वताउनुभयो । उहाँले भन्नुभयो “नेपाली काङ्ग्रेस अहंकारको बाटोमा छँदै छैन । प्रचण्डले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला । त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”
आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठवन्धनका दलहरुबिच सहमती भएको भन्दै उहाँले सोही निर्णय अनुसार प्रतिवद्द भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धनका नेता बिचमा भएका सहमती प्रतिवद्द भएर पालना गरौं ।” कहि कतै अपबादको रुपमा गठवन्धन बिरोधी गतिबिधि भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !