
चितवन: गत माघ देखि देखा परेको बर्डफ्लुका कारण प्रभाबित वनेका कृषकहरुले राहत पाउने बिषय अन्योलमा रहेको छ । भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र चितवनका अनुसार बर्डफ्लुबाट क्षती व्यहोरेका जिल्लाका कृर्षकले रु २६ करोड रातह पाउनु पर्ने हुन्छ ।
जिल्लामा ४ महिनामा देखिएको बर्डफ्लुका कारण ३ लाख ५८ हजारर ४११ वटा लेयर्स कुखुरा नष्ट गरिएको थियो । ब्रोइलर ६४६ वटा, कडकनाथ ८९६ वटा, हाँस ३५ वटा, बट्टाई ८ वटा प्यारेन्ट ब्रोइलर ३ हजार ४७६ वटा नष्ट गरीएको कार्यालयका सूचना अधिकारी डा. प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ स्थानमा बर्डफ्लु देखिएको थियो ।
बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको बिबरण संकलनको काम भईरहेको भए पनि क्षतीपूर्तीका लागि कार्यबिधि नवन्दा राहत पाउने नपाउने भन्ने बिषय अन्योलमा रहेको उहाँले बताउनुभयो । राहतका लागि बजेट नहुनु र बर्डफ्लु नियन्त्रण नियमावली २०७८ जारी भए पनि प्रस्ट संग कति राहत दिने भन्ने उल्लेख नहुनुले कृषकहरु समस्यामा परेको उहाँको भनाई छ । संक्रमण रोगमा बिमा आकर्षण नहुँदा समेत कृषकहरुले ठूलो क्षती व्यहोर्नु परेको उहाँले बताउनुभयो । सरकारले राहतका लागि कुनै परिपत्र नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “राहत दिनु पर्ने हो । तर स्पष्ट निर्देशन आएको छैन । हामीले सबै तयारी गरेका छौ ।” प्रदेश सरकार वा संघिय सरकार कस्ले पिडित किसानलाई राहत दिने हो त्यो पनि अन्योलमानै रहेको उहाँले बताउनुभयो ।
जिल्लामा पहिलो पटक वि. सं. २०७८ साल माघ २८ गते पूर्बी चितवनको राप्ती स्थित अनिता पशुपन्छी तथा कृषि फर्ममा बर्डफ्लु देखिएको थियो । पछिल्लो पटक बैशाख २४ गते भरतपुर १६ को बुद्धिमायाँ गुरुङको फर्ममा बर्डफ्लु देखिएको थियो ।