चितवनः एक सय ९७ तोला २८ लाल चाँदी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ११ स्थायी घर भई गैंडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने २४ बर्षिय कुमार बि.क. रहेका छन् ।
कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाड–पदमपुर सडक खण्डबाट मंगलबार पक्राउ गरिएको हो । उनलाई रु २ लाख २८ हजार १९७ बराबरको बिना बिलको चाँदीका गरगहना सहित नियन्त्रणमा लिइएको हो । बि.क.को साथबाट प्रदेश ०३–००२ प ७०६६ नम्बरको पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !