चितवनःपूर्बी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ४ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षिय विश्वास गुरुङ् रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाईते गुरुङ्को उपचारका क्रममा पुरानामेडीकल कलेजमा मृत्यु भएको हो ।
साँझ ८ः१० बजेको समयमा लोथरबाट नारायणगढ तर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते गुरुङ्को उपचारका क्रममा राती ९ः१६ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा राखिएको छ ।






