चितवनः श्रीमानले पाठेघर बाहिर तानि चोट पु¥याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १० की ती महिलाको सोमबार राती ११ः५० वजे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई श्रीमान ४० वर्षिय रामचन्द्र माझिले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनी भित्र औला छिराई पाठेघर बाहिर तानि चोट पु¥याएका थिए । घाईते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनका श्रीमानलाई फक्राउ गरी ज्यान मार्ने उद्योग तथा जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । जवरजस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !