चितवन: बालिकालाई जवरजस्ती करणीको आरोप लागेका भरतपुर–१० का २९ वर्षिय एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । २९ वर्षिय शिव काफ्ललाई गुल्मीकी १७ वर्षिया बालिकालाई जवरजस्ती करणकी गरेको आरोप लागेको थियो । जिल्ला अदालत चितवनका न्यायाधिस अवनी मैनालीको इजलासले थपप्रमाण बुझ्नका लागि कारागार चलान गर्न आदेश दिनुभएको छ ।

तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी अहिल्यै कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएकाले थपप्रमाण बुझनका लागि कारागार पठाउन परेको उल्लेख छ । काफ्ले माथी माघ १९ गते भरतपुर–१६ शिवघाटको एक रिसोर्टमा लगेर जवरजस्ती करणकी गरेको आरोप छ । ललाई फकाई गरी यसअघि पुसको अन्त्यतिर सौराहाको एक रिसोर्टमा लगेर जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाले लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस !