चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षिया सोतिमायाँ तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार राप्ती नगरपालिका वडा नम्बर १ स्थित चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्ने क्रममा तामाङ्लाई आज दिउँसो बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको घटना स्थलमानै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !