चितवनः १५ औं गणतन्त्र दिवसको अबसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ जना कैदीले आम माफि पाएका छन् । १५ जना पुरुष र ३ जना महिलाले आममाफि पाएका हुन ।
कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार आममाफि पाउनेमा सवारी ज्यान मुद्धाका ४ जना, कतव्य ज्यान मुद्धाका ५ जना, चोरी मुद्धाका ५ जना र बहुबिबाहका ४ जना रहेका छन् । उनीहरु मध्ये १५ जना ५० प्रतिशत कैद भूक्तान गरेका र ३ जना ४० प्रतिशत कैद भूक्तान गरेका रहेका छन् ।
आचार्यका अनुसार असल चालचलन भएकाहरुलाई आममाफिका लागि सिफारीस गर्ने गरीन्छ । बिभिन्न अबसर पारेर गरिने सिफारीसमा राष्ट्रपति मार्फत आममाफि दिने प्रचलन रहेको छ । यस कारागारमा दुई जना आश्रीत बालिका सहित ७ सय ४१ जना कैदी बन्दी रहेका छन् । २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६८७ जना र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ५२ जना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !