चितवनः नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताकाे मन जित्दै पार्टीको निर्देशन अनुसार काम गर्ने बताएका छन् । स्थानिय निकाएकाे निर्वाचना निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको निर्देशन पूर्णरूपमा कार्यान्वन गर्दै पाँच बर्ष पछि हुने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्ने बनाउनु लाग्ने बताएका हुन ।
नेपाली कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बाेल्ने जनप्रतिनिधिहरुले अन्य दलहरुलाई समेत प्रभाव पार्ने गरि काम गर्ने प्रतिवध्दता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले कांग्रेसलाई बलियाे वनाउन जनप्रतिनिधिहरु संग बर्षमा कम्तिमा ३ पटक छलफल गर्ने बातावरण तयार गर्नुपर्ने बताउनु भयाे । साे अबसरमा भरतपुर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष श्रीकृष्ण दवकाेटाले जनताकाे मन जित्ने गरि काम गर्ने प्रतिबधता व्यक्त गर्नु भयाे ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ लगाएतले बाेल्नु भएकाे थियाे ।
निर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कपि उपहार दिइएको थियाे । कांग्रेसबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरि २ सय जना निर्वाचित भएका थिए ।






