चितवनः जिल्लामा रहेका ठूला नीजि अस्पतालहरुले एचआईभि एड्स सङ्क्रमितहरुको उपचार गर्न नमान्ने गरेको गुनासो सङ्क्रमितहरुको क्षेत्रमा काम गर्नेहरुले गरेका छन् । जिल्लामा रहेका एचआईभि सङ्क्रमितहरुलाई नीजि अस्पतालले उपचारका क्रममा रहेको समयमा समेत रिफर गर्ने गरेका छन् ।
रिकोभरी नेपालले आज यहाँ आयोजना गरेको मिडिया क्याम्पीयनिङ तथा कानुनी समस्याका बिषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधिहरुले जिल्लामा रहेका ठूला मेडीकल कलेज र बिशेषज्ञ अस्पतालहरुले सङ्क्रमित पुष्टि भए पछि रिफर गर्ने गरेको गुनासो गरेका हुन ।
स्थानीय तहको निर्वाचन अघि खुट्टा भाँचिएर भरतपुरमा रहेको एलाईभ अस्पतालमा उपचार गर्न आउनु भएका एक सङ्क्रमितलाई अस्पतालले काठमाडौं रिफर गरेपछि ती बिरामी अहिले घरमानै घरायसी उपचार गरेर बसि रहेका छन् । उनलाई एचआईभि सङ्क्रमण भएको भन्ने बिषयमा परिवारमा समेत जानकारी छैन । चितवन सक्रिय महिला प्रतिष्ठानकी अस्पताल लेजन अफिसर कोपिला भण्डारीका अनुसार खुट्टा भाँचिएका बिरामीको रगत परिक्षणका क्रममा एचआईभि एड्स संक्रमण पुष्टि भए पछि अस्पतालले उपचारका लागि काठमााडैं जानु पर्ने बताएको थियो ।
कालिका नगरपालिका निबासी उनी अहिले घरमानै काप्रो बनाएर बाँधेर उपचारमा लागेको उहाँले बताउनुभयो । सरकारी अस्पतालमा उपचारका लागि बोलाउँदा समेत समाजबाट अपहेलित हुने डलरे उनी आउन नमानेको उहाँले जानकारी दिनुभयो । लालछना र भेदभावको भए भएका कारण पछिल्लो समय सङ्क्रमितहरु खुल्न नचाहेको उहाँको भनाई थियो ।
यस्तै भरतपुर आँखा अस्पतालमा समेत त्यस्तै समस्या रहेको उहाँले बताउनुभयो । आँखा अस्पतालमा आँखाको शल्यक्रियाका क्रममा रहेका दुई जना सङ्क्रमितलाई तिलगंगा आँखा अस्पताल पठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सङ्क्रमित भएका कारण अस्पतालका चिकित्सकहरुले यहाँ उपचार सम्भब नभएको भन्दै अन्यत्र रिफर गर्ने गरेका छन ।” यस अघि पनि चार जना बिरामीको काठमाडौं रिफर गरेको भन्दै उहाँले बिरामीको उपचारमा शिक्षत वर्ग समेत डराउनुले समाजमा अझै भेदभावको दुरी कायम रहेको उहाँको भनाई थियो ।
मानब सचेत समाजका कार्यक्रम संयोजक देव श्रेष्ठले अहिले पनि एचआईभि एड्स सङ्क्रमितहरु खुल्न नखोज्नु समाजको मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । २९० जना तेस्रो लिङ्गी र समलिङ्गीमा एचआईभि एड्सको सङ्क्रमण पुष्टि भएको भन्दै उहाँले अहिले उनीहरु समाजबाट बिस्थापित भएर बस्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो “समलिङ्गी र तेस्रो लिङ्गीमा सङ्क्रमण पुष्टि भए पछि घरबाट निकाला समेत गर्ने गरेका छन् ।”समाजको भेदभावका कारण कतिपयले आत्महत्या समेत गर्न बाध्य भएको उहाँको गुनासो छ ।
रिकोभरी नेपालका कोषाध्यक्ष भरत घिमिरेले समाजमा देखिएको बिभेदका कारण एचआईभि एड्स सङ्क्रमितहरु खुल्न नचाहेको बताउनुभयो । लागु औषधको प्रयोग कर्ताहरुमा समेत एचआईभि एड्सको सङ्क्रमण पुष्टि भए संगै उनीहरु समेत समाजबाट बाहिरनु पर्ने अबस्था रहेको उहाँको भनाई थियो । यस संस्थामातहतमा जिल्लामा २० वटा सुधार गृह रहेको भन्दै उहाँले लागुऔषध प्रयोग कर्ता र एचआईभि एड्सका सबालमा बनेका कानुनहरु मन्त्रालयमानै रहँदा अझै समस्या रहेको बताउनुभयो । ६ वर्ष अघि वनेका कानुनका खाकाहरु स्वास्थ्य मन्त्रालयले सरकार र संसदमा पेश गर्न नसक्नु दुखत रहेको उहाँको भनाई थियो । कानुन बनेर कार्यान्वयनमा नआउँदा सम्म समाजमा परिवर्तन आउन नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !