चितवनः भरतपुर महानगरपालिकामा अब तीन वटा वडाको मत गणना गर्न बाँकी रहेको छ । महानगरका २९ वटा वडा मध्ये २५ नम्बर वडा सम्मको मत परिणाम आईसकेको छ भने २६ र २७ को गणना भईरहेको छ ।
भरतपुर महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा हाल सम्म १ लाख १५ हजार ४१२ मत गणना सकिएको छ । गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवारहरु अग्र स्थानमा रहेका छन् । महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका बिजय सुबेदीलाई ११ हजार २७३ मत अन्तरले अग्रता कायम राख्नु भएको छ । दाहालले ४६ हजार ६८० मत ल्याउँदा सुबेदीले ३५ हजार ४०७ मत प्राप्त गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार १३१ मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ५७९ मत प्राप्त गर्दा राप्रपाकी हमिला गुरुङ्ले २७ हजार ८१३ मत प्राप्त गर्नुभएको मुख्य निर्बाचन अधिकृत कार्यालयले जनाएको छ । आज राती सम्ममा मतगणना सम्पन्न गर्ने गरी गणना भईरहेको छ ।






