चितवनः भरतपुर महानगरपािलकाकाे मत गणनाका क्ममा नेकपा एमालेका प्रतिनिधि गणना स्थलमा जालि भित्र छिरेपछि राेकिएकाे मतगणाना सुरु भएकाे छ । वडा नम्वर २७ काे गणना सुरु हुने समयमा प्रतिनिधि प्रताप लािमछाने  गणना स्थलमा बाट मत पेटिका मिलाउन पुगेका थिए । उनि पुगेर मत पेटिका सटिङ्ग गर्न थाले पछि बिबाद हुँदा मत गणना राेकिएकाे हाे ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि एमालेका नेता कार्यकर्ताले प्रतिनिधिलाइ नल्याए सम्म मत गणना गर्न नदिने अडान राखेका थिए । जसका कारण मत गणना राेकिएकाे थियाे । मत गणना सुरु गर्नका लागि दलहरुकाे छलफल पछ पुनः मतगणना सुरु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस !