चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिनु भएको छ । उहाँले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा एमालेका बिजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङ्ले २७ हजार ११६ मत प्राप्त गर्नु भएको छ । महानगरमा हाल सम्म १ लाख ११ हजार २७३ मत गणना सकिएको छ । अहिले वडा नम्बर २५ र २६ को मत गणना जारी रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ ।
भरतपुर महानगरपालिका अहिले सम्म २४ वटा वडाको मत गणना सम्पन्न भएको छ । २९ वटा वडा रहेको यस पालिकामा हाल वडा नम्बर २५ र २६ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !