
चितवनः भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मत गणना गर्न बाँकी रहेको छ । हाल सम्म यस पालिकामा ९६ हजार ३११ मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगको १ देखि २० नम्बर सम्मको गणना सकिएको छ ।
अहिले सम्मको गणना अनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठवन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार वन्नु भएकी रेनु दाहालले ८ हजार २९५ मतले अग्रता लिनु भएको छ । दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा एमालेका बिजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमखमा गठवन्धनबाटै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिनु भएको छ । अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङ्ले २३ हजार ४४३ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मत गणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ १ लाख २७ हजार ८३९ मत खसेको थियो ।