चितवनः पश्चिम चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट एक जना बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक बनमा घाँस काट्न जानु भएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेलाई आज दिउँसो २ वजे बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा पर्नुभएकी बोटेको खोजिका लागि इलाका प्रहरी कार्यालय गितानगरको टोलि घटना स्थल पुगेको छ । हात्ती सहितको टोलिद्धारा बोटेको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।






