चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर रोडमा बिद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० कटहर चोक बस्ने ३५ वर्षिया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षिय तरुण थापा घाईते भएका छन् ।
बालमन्दिर रोडमा रहेको शिखर इन्सुरेन्स कम्पनिको शाखा कार्यालयमा आज दिउँसो १ः१५ बजे बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार कम्पनिको बाहिर पट्टी झुण्ड्याएर राखिएको बोर्ड झिक्ने क्रममा बिद्युत सट भएको हो । घाईते थापाको चितवन मेडीकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाईतेको अबस्था मध्यम रहेको छ । आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानीय र दमकलको सहायताले नियन्त्रणमा लिईएको छ । आगलागीबाट कार्यालयमा रहेका कागजातहरु जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !