चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार वन्नु भएकी रेनु दाहालले ७ हजार ४१५ मतले अग्रता लिनु भएको छ । ८९ हजार ५०८ मत गणना गर्दा दाहालले ३५ हजार ९८ मत प्राप्त गर्नु भयो भने नेकपा एमालेका बिजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गर्नुभयो ।
उपप्रमखमा गठवन्धनबाटै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १५ हजार ४२६ मत अन्तरले अग्रता लिनु भएको छ । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङ्ले २१ हजार ९०० मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा हाल सम्म १ देखि १७ नम्बर वडा सम्मको गणना सम्पन्न भई सकेको छ । अहिले अन्य वडाको मत गणना जारी रहेको छ ।
यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ १ लाख २७ हजार ८३९ मत खसेको थियो ।






