चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । नगरप्रमुखमा गठवन्धनका तर्फबाट नेकपा समाजबादीका शमशेर लामाले नेकपा एमालेका गोबिन्द प्रसाद कंडेललाई ४७३ मतले पराजित गर्नु भएको हो । लामाले १२ हजार ५२४ मत प्राप्त गर्दा कंडेलले १२ हजार ५१ मत प्राप्त गर्नुभयो । यस्तै राप्रपाका मनोज अधिकारीले ८३२ मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा गठवन्धनबाट नेपाली काङ्ग्रेसका देवेन्द्र लामाले नेकपा एमालेका मेनुका पाठकलाई २३४ मत अन्तरले पराजित गर्नु भएको छ । लामाले १२ हजार ६८२ मत प्राप्त गर्दा पाठकले १२ हजार ४४८ मत प्राप्त गर्नु भएको हो । यस्तै राप्रपाकी मिरा कुमारी बर्तौलाले ९५४ मत प्राप्त गर्नुभयो । यस पालिकाका वडानम्बर १,२,३,४,५,६,८ र ९ मा नेकपा एमाले, १० मा नेकपा समाजबादी, १२ र १३ मा नेपाली काङ्ग्रेस एबं ७ मा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा बिजयी हुनु भएको छ ।
यस पालिकामा २९ हजार ७३७ मत खसेको थियो । यस संगै जिल्लाका ६ पालिकाको मत गणना सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !