चितवनः भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठवन्धनबाट उम्मेदवार बन्नु भएकी दाहालले ३ हजार २०५ मतले अग्रता लिनु भएको छ । महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार बिजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७९ मत प्राप्त गर्नुभयो ।
महानगरको उपप्रमुखमा गठवन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई ९ हजार ५५३ मत अन्तरले अग्रता कायम राख्नु भएको छ । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गर्नुभयो । यस महानगरपालिकाको अहिले सम्म गणना सम्पन्न भएका वडाहरुमा वडा नम्बर १,२,४,५,६,८,१० नेपाली काङ्ग्रेस, ३,११ र १२ नेकपा एमाले, ७ र ९ नेकपा समाजबादीका उम्मेदवार अध्यक्षमा बिजयी हुनु भएको छ ।
यस पालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस !