चितवनः भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मत गणना सकिएको छ । भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।
महानगरको वडा नम्बर १ देखि १० सम्मको मत गणना सकिँदा ४६ हजार १२३ मत गणना सम्पन्न भएको छ । अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ मा मत गणना जारी रहेको छ । वडा नम्बर ११ मा हाल सम्म ६ हजार ५८२ र वडा नम्बर १२ मा २ हजार ९७५ मत गणना गरिएको छ ।
महानगरको मत गणना अनुसार पाँचदलीय गठवन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ । प्रमुखमा गठवन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार २६७ मतले अग्रता लिनु भएको छ भने उपप्रमुखमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३४३ मतका साथ अग्र स्थानमा रहनु भएको छ । प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेका बिजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङ्ले १४ हजार १४४ मत प्राप्त गर्नुभयो । गणना भईरहेका वडाहरुमा नेकपा एमालेका उम्मेदवारले अग्रस्थानमा रहेका छन् । यस अघि गणना भएका १० वटा वडा मध्ये ७ वटामा नेपाली काङ्ग्रेस, २ वटामा नेकपा समाजबादी र एउटामा नेकपा एमाले बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !