चितवनः भरतपुर महानगरपालिकाले अन्तरजातिय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिले उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानीत हुनेमा भरतपुर महानगरपालिका वडा नं. ११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर १३ का राजेश विक र सन्ध्या तामाङ एबं भरतपुर २ का बद्रि बोहरा र सृजना विश्वकर्माको जोडी रहेको छ । उनीहरुलाई महानगरपालिकाले बिहिबार एक कार्यक्रमका विच एक जोडीलाई नगद रु १÷१ लाख सहित सम्मान गरेको हो । र्काक्रममा महानगरका कार्यबाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछुतको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “समाजमा रहेको जातिय बिभेद हटाउन घर, टोलबाटै अभियान सुरु गर्नु पर्छ ।” समाजमा रहेको कुरिती अन्त्यका लागि सबै मिलेर लाग्नु पर्ने उहाँको भनाई थियो ।
सो अबसरमा भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी, महानगरपालिको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेल, उत्पीडित दलित वर्ग विकास समितिका पूर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, भरतपुर महानगरपालिका अन्तर्गत सामाजिक विकास अधिकृत शान्ता पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर १० की वडा सदस्य माया नेपाली, महानगरको दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिका संयोजक चक्र रुचाल लगाएतले बोल्नु भएको थियो ।
महानगरपालिकाले यस अघि पनि अन्तरजातिय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !