चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार वन्नु भएकी रेनु दाहालले ३ हजार ३१० मतले अग्रता लिनु भएको छ । महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो वनाउँदै लैजानु भएको हो ।

दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा एमालेबाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गर्नु भएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा गठवन्धनबाटै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङ्ले १३ हजार ६४६ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा वडा नम्बर १, २, ४, ५, ६, ८,१० गठवन्धनबाट नेपाली काँग्रेस, ७ र ९ मा गठवन्धनबाट नेकपा समाजवादीका उम्मेदवार र ३ मा नेकपा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । वडा नं. ११ र १२ को गणना भईरहेको छ । ती दुबै वडामा नेकपा एमाले अगाडी रहेको छ । भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस !