चितवन: नेपाल बिध्यार्थी  संघ चितवनका नेता परमेश्वर  खनाल भरतपुर महानगर पालिका वडा नं.१० को वडाध्यक्षमा निर्वा चित हुनु भएकाे छ । लामाे समय देखि नेकपा एमालेले जित्तदै आएकाे भरतपुर १० मा ३० वर्ष पछि कांग्रेसले बिजयी हांसिल गरेकाे हाे । एमालेकाे किल्लाकाे रूपमा रहेकाे यस वडामा नेकपा एमालेका उपाध्यक्ष रमवहादुर थापा र नेकपा एमालेका पूव जिल्ला अध्यक्ष कृष्णभक्त पाेखरेलकाे वडामा  नेपाली कांग्रेसकाका परमेश्वर खनाल निर्वाचित हुनु भएकाे हाे । गठवन्धनका तर्फबाट खनाल वडा अध्यक्षकाे उम्मेदवार हुनुहुन्थयाे । खनालले नेकपा एमालेका भक्तिप्रसाद गौतमलाई पराजित गर्नु  भएकाे हाे ।  खनालले नेकपा एमालेका उम्मेदवार भक्ति प्रसाद गाैतमलाई ३०४मतले पराजित गर्नु भएकाे हाे । खनालले  २२४८ मत ल्याउँदा गाैतमले १९४४ मत ल्याउनु भएकाे थियाे । यस वडामा ९१७८ मतदाता रहे पनि ५७०८ मत खसेको थियो ।

यो वार्डसगै भरतपुरको अहिले सम्म १० वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ र १० गरेर ७ वटा वार्ड जितेको छ ।त्यसै नेकपा (एकीकृत समाजवादी) २ वटा वार्ड र एमालेले १ वार्ड जितेको छ ।

प्रतिक्रिया दिनुहोस !