चितवन,५ जेष्ठ– माडी-ठोरी सडक खण्ड अन्तर्गत जंगलमा रुख ढल्दा सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक खण्डमा साना ठूला गरी एक सय भन्दा बढी रुख ढलेको छ ।

मंगलबार रातिको भीषण हावाहुरीसहितको वर्षाका कारण सडक छेउछाउका रुख ढलेका हुन् । ढलेको रुख पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बुधवार डोजरको सहयोगमा माडीको बगहीबाट अमुवा पोष्टसम्म रुख पन्छाउने काम सकिएको छ । अमुवाबाट ठोरीको चौतारासम्म ढलेका रुख आज पन्छाइने प्रहरीले जानकारी दिएको छ ।

रुख ढलेको कारण माडी-ठोरी सडक दुई दिनदेखि अवरुद्ध छ । आज ढलेका सबै रुख पन्छाएर शुक्रबारबाट बाटो खोल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !