चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार वन्नु भएकी रेनु दाहालले ३ हजार १ मतले अग्रता लिनु भएको छ । महानगरपालिकामा ३८ हजार ८६४ मत गणना हुँदा दाहालले अग्रतालाई फराकीलो वनाउँदै लैजानु भएको हो ।
दाहालले १४ हजार ७६६ मत प्राप्त गर्दा नेकपा एमालेबाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गर्नु भएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा गठवन्धनबाटै चित्रसेन अधिकारीले १७ हजार ९६ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङ्ले ९ हजार ५०१ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा वडा नम्बर १, २,४,५,६,८ गठवन्धनबाट नेपाली काँग्रेसका, ७ मा गठवन्धनबाट नेकपा समाजबादीका उम्मेदवार र ३ मा नेकपा एमालेका उम्मेदवार बिजयी हुनु भएको छ ।
भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।





