चितवनः कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलिय गठवन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । प्रमुखमा नेकपा एमालेका बिनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शिबराम केसीलाई १४३ मतले पछि पार्दै बिजयी हुनु भएको हो । रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गर्नु भयो ।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार बिजयी भएका छन् । नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार बिमला लामाले १० हजार ४४० मत प्राप्त गर्नु भयो भने गठवन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी सबिता लामाले ९ हजार ६७८ मत प्राप्त गर्नु भयो । बिमलाले आफ्ना निकटतम प्रतिस्पर्धी सबितालाई ७६२ मत अन्तरले पराजित गर्नु भएको हो । यस अघि माडी नगरपालिकामा नेकपा एमालेले प्रमुख र नेपाली काङ्ग्रेसले उपप्रमुखमा जित हाँसील गरेको थियो । यस पालिकामा २४ हजार ३ सय ५० मत खसेको थियो ।






