चितवनः माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बन्नु भएकी ताराकुमारी काजी महतो बिजयी हुनुभएको छ । महतोले ९ हजार ९ सय १ मत ल्याउनुभएको छ । उहाँले माओवादी केन्द्रका ऋषि काफ्लेलाई २ हजार १ सय ७२ मतान्तरले बिजयी हुनु भएको हो । काफ्लेले ७ हजार ७ सय २९ मत प्राप्त गर्नु भएको थियो । ताराकुमारी वि. सं. २०७४ मा ४ हजार ६ सय ९० मतका साथ उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
उपप्रमुखमा नेपाली काङ्ग्रेका खेमप्रसाद महतो निवर्बाचित हुनु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेललाई १ हजार ६ सय ९० मतका अन्तरले निर्बाचित हुनु भएको हो । उहाँले ६ हजार ८ सय ३० मत प्राप्त गर्दा राप्रपाका पौडेलले ५ हजार १ सय ४० मत प्राप्त गर्नु भयो । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले ३ हजार ८६ मत ल्याउनुभएको छ । महतो यस अघिको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा प्रमुख पदमा झिनो मतले पराजित हुनु भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको चुनावी क्षेत्रमै माओवादीले प्रमुखमा र राप्रपाले उपप्रमुखमा हार व्यहोरेको छ । एमालेले सो पालिकामा एक वडा अध्यक्ष सहित प्रमुख र काङ्ग्रेसले उपप्रमुख मात्र जित्न सफल भएको छ । वडाहरुमा माओवादी केन्द्रले ४ वटा, नेकपा समाजबादीले दुईवटा र राप्रपाले दु्ई वटामा बिजयी हाँसिल गरेका छन् । माडीमा २० हजार ४ सय ९६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस !