चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिका ५ नेकपा एमालेको गढ भत्काउँदै नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षममा बालकृष्ण चापागाईसहित कांग्रेसको प्यानल नै विजयी भएको हो । उहाँले एक हजार १०२ मत प्राप्त गर्नुभयो । उहाँले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण चौधरीलाई १३४ को मतान्तरले पछि पार्नुभयो । चौधरीले ९६८ मत प्राप्त गर्नुभयो । उक्त वडामा गत स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो । यस पटक कांग्रेसले एमालेको उक्त भत्काउन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस !