चितवन,३ जेष्ठ – भरतपुर महानगरपालिको मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार मत कटाएकी छिन् ।

भरतपुरमा १८ हजार ४७ मत गणना भइसक्दा उनले आफ्नो मत ६ हजार १९ पुराएकी हुन् । मेयरमा रेनुले अग्रता लिइरहेकी छन् ।

उनलाई नेकपा एमालेका विजय सुवेदी र कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले पछ्याईरहेका छन् । विजयले पाँच हजार ९५६ मत पाएका छन् । उनी रेनु भन्दा ६३ मतले पछि छन् ।

यस्तै कांग्रेसका बागी जगन्नाथले दुई हजार ९३७ मत पाएका छन् । उनी रेनु भन्दा तीन हजार ८२ तथा विजय भन्दा तीन हजार १९ मतले पछि छन् ।

यस्तै उपमेयरमा सुरुवातदेखि नै अग्रस्थानमामा रहेका कांग्रेसका चित्रसेनले अग्रता फराकिलो बनाईरहेका छन् । ताजा अवस्थासम्म उनले सात हजार ३४६ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाकी हिमला गुरुङले चार हजार ८८६ मत पाएकी छन् । उनी चित्रसेन भन्दा दुई हजार ४४३ मतले पछि छन् ।

अहिले भरतपुर ५ को मतगणना भइरहेको छ । उक्त वडामा कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसका उम्मेदवारले ३६२ मत पाउँदा एमालेले ३५६ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस !