चितवनः स्थानीय तहको निर्वाचनका क्रममा प्रभावशाली नेताहरुको वडामा उनीहरुको पार्टीले पराजय भोगेको समाचार आईरहेको समयमा चितवनमा नेकपा एमालेका केन्द्रय सदस्य तथा भूमि आयोगका पूर्ब केन्द्रिय अध्यक्षको वडामा नेकपा एमालेले नमिठो पराजय भोगेको छ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमाले पराजित भएको हो । नेकपा एमालेका वडाध्यक्ष पदका उमेदवार भानुभक्त सापकोटालाई ८६८ मतको फराकिलो अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका उमेदवार अर्पण पोख्रेल विजयी हुनुभएको हो ।
वडाध्यक्षमा निर्वाचित पोख्रेलले २५०१ मत प्राप्त गरे भने नेकपा एमालेका उमेदवार सापकोटाले १६३३ मत प्राप्त प्राप्त गर्नुभयो । भरतपुर महानगरपालिका वडा नम्बर ४ एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीको वडा हो । ज्ञवाली यस अघि २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको एमालेका लागि मेयरको उमेदवार समेत बन्नुभएको थियो । त्यसबेला ज्ञवाली अहिले माओवादी केन्द्रको मेयरको उमेदवार रेनु दाहालसँग २०३ मतको अन्तरले पराजित हुनु भएको थियो । एमालेको केन्द्रीय तहमा राम्रो पकड भएका ज्ञवालीकै वडामा यसपटक एमालेले हार बेहोरेको छ । त्यस वडामा वडा सदस्य समेत काँग्रेसले जितेको छ । काँग्रेसबाट वडा सदस्यका उम्मेदवारहरु कोपिला परियार (२५६२), राधादेबी शर्मा (२६९५), ठाकुर प्रसाद सापकोटा (२१९५) र बिजय सापकोटा (१६२८) मतका साथ बिजयी हुनु भएको छ । एमालेका तर्फबाट उम्मेदवारहरु सरस्वती नेपाली (१६०६), तुलसि देवि पाण्डे(१५६९), नेकराज घले(१५६८) र हुमनाथ पौड्यालले (१४७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






