चितवनः नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाईदै छ । बि.सं. २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो ।

विगतका वर्षहरुमा ठूला कार्यक्रमहरु समेत हुने भए पनि यस वर्ष मतगणना भईरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन । मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार सबै पालिकाहरुमा मतगणना भईरहेकाले फाउण्डेशनले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी श्रद्धासुमन व्यक्त गर्दैछ ।

फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आईरहेको छ । जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अघि बढाउँदै आएको भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !