चितवनः भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठवन्धनका उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि पछि हुँदै वडा नं. ४ को गणना सकिंदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।

दाहालले ५ हजार ७१८ मतका साथ अग्रता लिनु भएको छ भने सुवेदीले ५ हजार ६८८ का साथ पछ्याईरहनु भएको छ । स्वतन्त्रबाट उम्मेदवार रहनु भएका जगन्नाथ पौडेलले २ हजार ७८८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ र राप्रपाका हिमला गुरुङले ४ हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

आज बिहान सार्वजनिक गरिएको नतिजा अनुसार वडा नम्बर ४ को गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका अर्पण पोखरेलले २ हजार ५३० मतका साथ विजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार भानुभक्त सापकोटाले १ हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गर्नुभएको छ ।

वडा नं. ५ को गणना थालिएको छ । भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका ४ पालिकामा पाँच दलीय गठवन्धनको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !