चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेका बिजय सुवेदीले अग्रता कायमै छ । प्रमुख पदमा उहाँले ३ हजार ९ सय ४४ मत प्राप्त गर्नु भएको छ । पाँच दलीय गठवन्धनको तर्फबाठ नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ९४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ७२ मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४ सय ७६ मत पाउनु भएको छ । उहाँको प्रतिश्पर्धी नेकपा एमाले सहितको गठवन्धनकी हिमला गुरुङ्ले ३ हजार ७० मत पाउनु भएको छ ।
वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका बिकास थापा बिजयी हुनु भएको छ । उहाँले १ हजार ६ सय ६६ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी पाँच दलिय गठवन्धनबाट नेपाली काङ्ग्रेसका भरत लामिछानेले १ हजार ४९ मत पाउनु भएको छ । यस अघि वडा नम्बर १ र २ को वडा अध्यक्षमा गठवन्धनबाट नेपाली काङ्ग्रेसले बिजय हाँसील गरेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले जित हाँसील गरेको वडा नम्बर २ मा काङ्ग्रेसले जितेको छ भने काङ्ग्रेसले जितेको वडा नम्बर ३ नेकपा एमालेले जितेको छ । वडा नम्बर ४ को मत गणना सुरु भएको छ ।
भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका ४ पालिकामा पाँच दलिय गठवन्धनको अग्रता रहेको छ ।






