चितवनः माडी नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले सुरुवाती समय देखिनै आफ्नो अग्रता कायम राखेको हो ।
माडी नगरपालिकामा ५ हजार ९ सय १ मत गन्दा नेकपा एमालेकी प्रमुख पदकी उम्मेदवार तारा कुमारी काजी महतोले ३ हजार ३ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २ हजार ४ सय ३३ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद महतोले २ हजार ५१ मत पाउनुभएको छ भने राप्रपाका मदन प्रसाद पौडेललदे १ हजार ४ सय ३९ मत पाउँदा स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले १ हजार ५ सय ५८ मत प्राप्त गर्नु भएको छ । माडीमा एमाले राप्रपाको गठबन्धन र सत्ता गठबन्धनबीच तालमेल रहेको छ । माओवादी अध्यक्ष प्रचण्डको क्षेत्रमा गठवन्धनको उम्मेदवार पछि पर्नुलाई महत्वका साथ हेरीएको छ ।

प्रतिक्रिया दिनुहोस !