चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धन बिजयी सुरुवात गरेको छ । महानगरको वडा नम्बर १ मा गठवन्धनबाट वडा अध्यक्षको उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका केशब महर्जन बिजयी वन्नुभएको छ ।
महर्जनले १ हजार ३ सय ९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिश्प्रर्धी शुक्रकुमार श्रेष्ठले १ हजार ३ सय १३ मत प्राप्त गर्नु भएको थियो । यस वडामा ३ हजार २ सय ७७ मत खसेको थियो ।
वडा नम्बर १ को गणना सकिदैं गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राख्नु भएको हो । उहाँले यस वडामा १ सय २१ मतले अग्रता लिनु भएको छ । दाहालले १ हजार २ सय ८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिश्प्रर्धी नेकपा एमालेका बिजय सुवेदीले १ हजार ८७ मत प्राप्त गर्नु भएको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ सय ३० मत प्राप्त गर्नु भएको छ । यसै गरी उपप्रमुखमा गठवन्धनकै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले १ हजार ३ सय ६२ मत पाउनु भएको छ । उहाँको प्रतिश्पर्धी नेकपा एमाले सहितको गठवन्धनकी हिमला गुरुङ्ले ८ सय ७७ मत पाउनु भएको छ ।

भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर र खैरहनीमा पाँच दलिय गठवन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस !