चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राख्नु भएको हो । २ हजार ९ सय ६८ मत गन्दा दाहालले ९८ मतले अग्रता कायम राख्नु भएको हो ।
दाहालले १ हजार १ सय ५ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका बिजय सुवेदीले १ हजार ७ मत प्राप्त गर्नु भएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ सय ९० मत प्राप्त गर्नु भएको हो । यसै गरी उपप्रमुखमा गठवन्धनकै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले १ हजार २ सय २६ मत पाउनु भएको छ । उहाँको प्रतिश्पर्धी नेकपा एमाले सहितको गठवन्धनकी हिमला गुरुङ्ले ८ सय ३० मत पाउनु भएको छ ।
यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका केशब महर्जनले १ हजार २ सय ४४ र नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १ हजार १ सय ९९ मत प्राप्त गर्नु भएको छ ।
भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर र खैरहनीमा पाँच दलिय गठवन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।






