चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेका बिजय सुवेदीले सुरुवाती अग्रता गर्नु भएको छ । आज दिउँसोबाट सुरु गरिएको मत गणनामा सुबेदीले ४१ मत प्राप्त गर्नु भयो । यस्तै बाम लोकतान्त्रीक गठवन्धनबाट प्रमुखको उम्मेदवार रहनु भएकी रेनु दाहालले ३७ मत प्राप्त गर्नु भएको छ । स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले सम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपाप्रमुखमा गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङ्गले ३५ मत प्राप्त गर्नु भएको छ ।
यस्तै वडा अध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेकपाली काङ्ग्रेसका केशब महर्जनले २९ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस !