चितवनः स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको प्रमुखका प्रत्यासी रेनु दाहाल र बिजय सुवेदीले मतदान गर्नु भएको छ । उहाँहरुले आज बिहान ७ वजे आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
पाँच दलिय गठवन्धनबाट प्रमुख पदकी उम्मेदवार दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको आधारभूत बिद्यालय सुन्दरबस्तिमा बाट मतदान गर्नु भएको छ । यस्तै सुवेदीले भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको मोहन माबिबाट मतदान गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस !