चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले शतप्रतिशत सफलता हांँसिल गर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शान्तिपुरमा नेपाल पुलिस स्कुलमा आज मतदान पछि प्रतित्रिया दिंदै उहांँले गठबन्धनको अबस्था राम्रो रहेको बताउनु भएको हो ।
आम नेपालीलाई भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रता पूर्वक मतदान सहभागी हुन अपिल गर्दै उहांँले स्थानीय तहनै जनताको विश्वास , समृद्धि , शान्ति र स्थिरताको आधारशिला भएको बताउनु भयो ।आज भोली आफूले सिंहदरबारको अधिकार गाउंँगाउांमा भन्न छाडेर जनदरबारमा भन्ने गरेको बताउनु भयो । यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुने भन्दै उहांँले आफू हुर्की बढेको ठाउंँमा आएर मतदान गर्न पाउंँदा खुशीको अनुभव भएको दाहालले बताउनु भयो ।
जित हारका विषयमा सोधिएको प्रश्नमा उहांँले भन्नुभयो, “जित्ने र हार्ने कुरा निर्वाचन प्रकृयामा स्वभाबिक हो भनेर मान्नु पर्छ ।” जित हार हुनकै लागि निर्वाचन भएको भन्दै उहाँले जित्मा अनाबश्यक हौसिन र पराजयमा पुरै निरास नहुन सबैलाई अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो “त्यो मानसिकताबाट लोकतन्त्र सुद्रिढ हुन सक्दैन । ” बिशेष परिस्थिति भएकाले राष्ट्र राजनैतिक रुपले निकै अफ्ठ्यारोमा जाने खतरा रहेकाले गठवन्धन गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “यो गठवन्धन जनता र देशका सबै बुद्धिजिविहरु, सबै क्षेत्रका पत्रकार, न्याय क्षेत्रका सबै तह, तप्का र जनताको बिचबाट जन्मिएको हो ।” गठवन्धनको महत्व राजनैतिक स्थायीत्व र भोलिको बिकास र सम्बृद्धिका लागि भएको दाहालको भनाई थियो । केही दिन अघि भरतपुरमा भएको एक सभामा मतदातालाई धम्काएको भनि आँफुलाई लागेको आरोपको उहाँले खण्डन गर्नुभयो । उहाँले भन्नुभयो “मैले हसिया हथौडामा भोट नहाले दुर्घटना हुन्छ भनेको होईन ।” गठवन्धन एउटा राजनैतिक दुर्घटना रोक्नका लागि गरिएको भन्दै उहाँले यो कम्जोर भयो भने दुर्घटना हुने खतरा छ भनेर उहाँले प्रष्ट्याउनु भयो । उहाँले थप्नुभयो “रेनुलाई नजिताए दुर्घटना हुन्छ भनेको हुदै होइन ।” आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्लामा आएर गठवन्धनका पक्षमा मत माग्ने बेलामा धम्क्याउने र घुक्र्याउने हुन सक्छ? उहाँले प्रति प्रश्न गर्नुभयो । दाहालले भन्नुभयो “जनता संग अपिल गरेको हुँ । जनताको पनि हात छ है भनेको हुँँ ।” आँफुले निर्वाचनको आचार संहिता पालना गरेको भन्दै माडीमा साथिको मृत्यु भएको ठाउँमा गएका बेला उम्मेदवारलाई भेटेको बिषयलाई अतिरञ्जीत गरिएको बताउनु भयो ।






