चितवन : चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसकी गीता गुरूङ गाउँपालिकाको अध्यक्षमा र उपाध्यक्षमा माओवादीका प्रताप गुरूङ प्रत्यासी छन् । पहिलो कार्यकालमा इच्छाकामनाको विकास र पूर्वाधार निर्माणमा उल्लेखनिय काम गरिसकेकी गुरुङ गठबन्धबाट उमेदवार बनेसंगै पुनः उनको पक्षमा माहोल बढेको छ ।
२०७४ को मा एक्लै चुनाव लडेको काँग्रेसले अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो । अहिले कांग्रेसलाई गठबन्धनका अन्य दलको साथ छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । २०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेकी गीता गुरूङले ३ हजार २५४ मत ल्याएर जित निकालेकी थिइन् । एमालेबाट उम्मेदवार बनेका नारायणप्रसाद अधिकारीले पराजित भएका थिए ।
त्यही बेला माओवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका प्रताप गुरूङले २ हजार ३९९ मत ल्याएका थिए । अहिले गठबन्धनका उमेदवार बलियो देखिएका छन् । माओवादी केन्द्रबाट २०७४ मा अध्यक्ष उम्मेदवार बनेका प्रताप गुरूङ अहिले सत्ता गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार छन् ।
इच्छाकामना गाउँपालिका ३ घर भएकी गीता गुरूङ यसअघि गाउँपालिका अध्यक्ष भएर पाँच वर्ष काम गरिसकेकी छिन् । उनी कांग्रेसको क्रियाशील महिला नेतृको रूपमा परिचित छन् । कांग्रेस महासमिति सदस्य रहेकी गीता राजनीतिमा आउनुअघि शिक्षक थिइन् । उनले इच्छाकामना गाँउपालि अन्तर्गत फिस्लिङमा रहेको विद्यालयमा पढाउँथिन् । अघिल्लो पटकको स्थानीय तहको निर्वाचन आउनुमा भिडन् उनी शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा आएकी हुन् ।
सरकारी विद्यालयलाई अंग्रेजी माध्यममा लैजाने, युवाहरुलाई गाउँपालिकामा नै रोजगारीको अवसर दिलाउने, अधुरा विकास निर्माणका कामलाई पूर्णता दिने, किसानको आर्थिक र सामाजिक सुरक्षालाई मुल एजेण्डा बनाएकी थिईन् । अहिले ति एजेण्डा अधुरा र अपुरा भएका कामहरुलाई आउने कार्यकालमा पुरा गरेरै छोड्ने अठोत लिएको बताउछिन् ।

प्रतिक्रिया दिनुहोस !