चितवन: सत्ता गठवन्धनको तर्फबाट भरतपुर १० का वडा अध्यक्षका उमेदवार परमेश्वर खनालको जित सुनिश्चित भएको छ । वडामा भएको चुनावी घर दैलो कार्यक्रमका क्रममा वडा बासिहरुले खनाललाई अहिले नै अध्यक्षको रुपमा स्वीकार गरिसकेका छन ।
अध्यक्षका उमेदवार खनालले भरतपुर १० लाई सफा सुन्दर बनाउने,भरतपुरको मुटु १० नम्वर वडाको मुल समस्यालाई पहिचान गरेर समाधानमा आफु प्रतिबद्ध रहने बाचा कसम खाएका छन भरतपुर १०निवासी सरिता अधिकारीले भन्नू भयो, खनाल त हाम्रो वडाको अध्यक्ष नै भइसकेको महसुस भएको छ ।
भरतपुरको विशालचोक निवासी ८७ वर्षीय वृद्ध मोहराज शर्माले यो पटक कुनै दलभन्दा पनि व्यक्ति हेरेर मतदान गर्ने सोचमामा म छु त्यसकारण अहिले१० को अध्यक्ष परमेश्वर खनाल नै हुन शर्माले भने, भरतपुर १० मा कुनै समस्या छैन खनाल बाबुले जित्नेमा कसैले केही भन्नू पर्दैन ।
भरतपुर १० का ८० वर्षीय डम्बर कुमारी पन्डितले अहिलेसम्म कसैले नगरेको उदाहरणीय काम गरेर देखाउन सक्ने ब्यक्ति नै खनाल हुन । भरतपुर १० मा यिनै बाबुको खाचो छ उनले जित्छन म ठाेकुवा साथ भन्न सक्छु ।
अध्यक्ष पदका उम्मेदवार खनालले वडाबासीहरुको आशीर्वादले नै आफूलाई चुनाव जित्न मद्दत पुग्ने बताए।
मलाइ धेरै आमाबुवाहरुको आशीर्वाद छ , यसले मलाइ थप ऊर्जा दिएको छ’, उनले भने।
वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।
गठबन्धनका दल सँगै एमाले राप्रपाका साथिहरुको पनि मलाइ मत आउँछ यसमा म ढुक्क छु खनालले भने ।
उनले महानगरमा सडक चौडा बनाउँदै जाँदा प्रतीक्षालयहरु विस्थापित हुने हुँदा त्यसमा आफूले पञ्च वर्षीय योजना बनाएर प्रतीक्षालयहरुको संरक्षण गर्ने बताए । युवादेखि सबै समूहको समस्यालाई समाधान गर्दै वडालाई व्यवस्थित र नमूना बनाउने अभियानमा आफू लागि पर्ने उनको प्रतिबद्धता छ।






