चितवन: नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रमा प्रतिगमनकारी शक्तिहरुलाई जनताको मतबाट हटाउनु पर्ने बताउनु भएको छ । बैशाख ३० को स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको पक्षमा मत राख्न आग्रह गर्दै सभापति खनालले नेपाली काङ्ग्रेसको लागी सुर्य चिन्ह भन्दा भूइकटहर धेरै टाढा रहेको बताउनु भयो । मगलबार नारायणगणमा पेशाकर्मी बुद्धिजीवी नागरिक अभियानले निकालेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खनालले सुर्य चिन्हको कारणबाट हामी जति पछाडी पर्छौ त्यो भन्दा तीन गुणा बढी भूइकटहरबाट पछाडी पर्ने खतरा रहेको ठाेकुवा गर्नु भयो । वहाँले सबै कार्यकर्ताहरुले मनोबल उच्च बनाएर पाँच दलिय गठबन्धनको पक्षमा मतदान गरि चितवनका सातै पालिकामा बिजय हासिल गर्न समेत आग्रह गर्नु भयो । सभापति खनालले चितवनका सातै पालिकामा प्रतिगमनकारिहरुले नेतृत्व पाए भने तिनैले तपाई हामिलाइ प्रतिकार गर्नेमा कुनै शका नराख्न पनि आम कार्यकर्ता र मतदाताहरुमा अपिल गर्नु भयो । खनालले भन्नू भयो यदि प्रतिगमनकारिहरुले चुनाव जिते भने पल्लो घरको आगनबाट अर्को प्रतिगमनकारी शक्तिले तपाईको टाउकोमा लठ्ठि चलाउने छ । फरक प्रसगमा २०४६ सालको जनआन्दोलनमा एक अर्को नभनिकन काङ्ग्रेस र बाम मोर्चाको बिचमा एक भएर पच्चायती ब्यबस्थालाइ अन्त्य गरियो त्यसरी नै बैशाख ३० लाई पनि सफल बनाउन सबै पेशाकर्मि, बुद्धिजिबि, नागरिक समाज लगायत आम नागरिक समक्ष आग्रह गर्नु भयो ।
कार्यक्रममा बुद्धिजीवी, पेशाकर्मी,नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियोे ।