चितवन: नेपाली काँग्रेस चितवनका नेताहरुले स्थानीय तहको निर्वाचन गठवन्धनको पक्षमा आउनु पर्नेमा जोड दिएका छन् । निर्वाचन प्रचार प्रसारमा रहेका काँग्रेस नेताहरुले भरतपुर महानगरपालिकाको निर्वाचन गठबन्धन भन्दा बाहिर नतिजा आए काँग्रेस चितवनलाई मात्रै नभई गठवन्धनका दलहरुलाई समेत नोक्सान हुने दाबी गरेका छन् ।
उनीहरुले अहिलेको निर्बाचन कस्को कोल्टामा जान्छ भन्ने भन्दा पनि पाँच दलिय गठवन्धनको भबिश्यको बारेमा सोचेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । काँग्रेस केन्द्रिय सदस्य एबं पूर्ब सभापति टेक प्रसाद गुरुङ्ले स्थानिय तहको निर्वाचनमा पाँच दलिय गठवन्धनको जित आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पहिलेको तुलनामा केही माहोल फेरीएको भए पनि अझै कसरत गर्नु पर्छ ।” उहाँका अनुसार पाँचदलिय गठवन्धनले निर्वाचन हारेमा काँग्रेसको मात्रै नभएर गठवन्धनमा रहेका दलहरुको भबिश्य समेत खतरामा पर्ने बताउनुभयो । उहाँले थप्नुभयो “माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जित्दै गर्दा काँग्रेसको आक्रोस भए पनि केही समयमा साम्य हुने छ, तर अर्को गठवन्धनले निर्वाचन जितेमा भन्न नसकिने अबस्था आउने छ ।” काँग्रेसका कार्यकर्तालाई १० वर्ष प्रमुख पदमा रुख चिन्हको उम्मेदवार नहुँदा समस्या देखिएको भए पनि बिस्तारै यसको व्यवस्थापन गर्नुपर्ने उहाँको तर्क छ ।
काँग्रेस चितवनका निवर्तमान सभापति जीतनाराण श्रेष्ठ लोकतान्त्रीक बाम गठबन्धन बाहिरका उम्मेदवारले निर्वाचन जितेमा काँग्रेसको अस्तित्वमा नै प्रश्न उठ्ने बताउनुभयो । दिर्घकालिन रुपमा असर गर्ने भन्दै उहाँले पाँच दलिय गठवन्धनलाई निर्वाचन जिताउन आबश्यक रहेको बताउनुभयो । निर्वाचनको परिणाम लोमतान्त्रीक बाम गठवन्धनको पक्षमा आउन नसकेको खण्डमा चितवन काँग्रेसलाई दिर्घकाल सम्म क्षती व्यहोर्नुपर्ने हुन्छ, त्यस बिषयमा काँग्रेसी कार्यकर्ताले सोच्नुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसका नेता बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठले गठवन्धन बाहिरका उम्मेदवारले निर्वाचन जित्दै गर्दा लोकतन्त्र र संबिधान माथिनै खतरा वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको नेतृत्वमा बनेको संबिधान कार्यान्वयनको चरणमा रहेको छ । त्यसैले अहिलेको निर्वाचनमा पाँच गठवन्धनको जित सुनिश्चित हुन जरुरी छ ।” गठवन्धनको नेतृत्व काँग्रेसले गरेका कारण भरतपुर महानगरको नेतृत्व गठवन्धन वाहिर जाँदा काँग्रेसलाई दिर्घकालिन रुपमा ठूलो क्षती हुने बताउनुभयो ।
काँग्रेस चितवनका सभापति राजेश्वर खनालले गठवन्धन बाहिरका उम्मेदवारले निर्वाचन जित्दै गर्दा बिश्वासको मात्रा कम हुने बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा गठवन्धनले हार व्यहोर्नु भनेको केन्द्र देखिकै अबिश्वास बढ्नु हुन्छ । ” काँग्रेसका नेता कार्यकर्ता मुलधारमा आउन जरुरी रहेको बताउदैं उहाँले गठवन्धनको उम्मेदवारलाई बिजयी गराउन सामुहिक दायीत्व भएको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता एबं पूर्ब जिल्ला सचिब उत्तम जोशीले सबै गठवन्धनमा इमान्दार भएर लाग्नुपर्नेमा जोड दिदैं भन्नुभयो, “गठबन्धन बाहिर दलले निर्वाचन जित्दै गर्दा काँग्रेसको संगठनमा समेत असर गर्ने भएकाले सबै सचेत भएर गठबन्धनको पक्षमा मतदान गर्नुपर्छ ।”
“पाँच दलिय गठवन्धन भन्दा बाहिर मत परिणाम आए सांगठनीक दृष्ट्रिकोणले समेत असर गर्छ”, उहाँले भन्नुभयो, काँग्रेसको मुख्य समर्थन रहेको उम्मेदवार हार्नु भनेको नै काँग्रेस कम्जोर हुनु हो ।”

प्रतिक्रिया दिनुहोस !